Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

मनाङमा बाढीले बेलिब्रिज र विद्युत्‌गृह बगायो

2021-06-15 01-06 | Hamro Biratnagar                  

A+ A A-

मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो ।

त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो ।

घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।

त्यस्तै सदरमुकाम चामेको ४ वटा घरमा पनि बाढीले क्षति पुर्‍याएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय