Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

धितोपत्र बोर्डले ५१ कम्पनी लगानी गर्न असुरक्षित छन् भन्ने आशयको सुचना जारी गरेपछि चौतर्फी आलोचना, विज्ञ भन्छन्ः बोर्डले शेयर मार्केट तल झार्न खोजिरहेको छ

2021-06-15 10-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १ असार । नेपाल धितोपत्र बोर्डले लगानी गर्न असुरक्षित छन् भन्ने आशयको ५१ कम्पनीको लिष्ट सार्वजनिक गरेसँगै चौतर्फी आलोचना सुरु भएपछि उक्त निर्णय सच्याएको छ ।

धितोपत्र बोर्डको नियतमाथि नै शंका उब्जिएपछी बोर्डले यसबारे स्पष्टीकरण दिएको हो । सार्वजनिक गरिएका कम्पनीहरुमा चलखेल भयो भन्ने आशय बोर्डको नरहेको तर भाषा लेख्न राम्रोसँग नजान्दा धेरैलाई भ्रम परेको स्वीकार गरेको छ ।

तर, विज्ञहरुले धितोपत्र बोर्डको नियमाथिनै प्रश्न उठाएका छन् । उनीहरुले धितोपत्र बोर्ड स्वयंले शेयर बजारमा गिरावट ल्याउन चलखेल गरिरहेको आरोप लगाएका छन् । हाम्रो विराटनगरसँग कुरा गर्दै एक विज्ञले भने,‘कहिँ नभएको जात्रा हाँडि गाउँमा भनेजस्तो त्यसरी कम्पनीको नाम तोक्न मिल्छ ? मेरा कम्पनी भएको भएचाहिँ मानहानी मुद्धा हाल्थे । गलत गरेको छ भने कारवाहीलगायत सवैथोक गर्न मिल्छ । नियामक निकायलाई नियमन गर्ने कसले ? केही थाहा नभएका व्यक्तिहरु कुर्सीमा बसेका छन् ।’ उनले भने,‘एकछिन अगाढी भन्छन यो यो कम्पनीम चलखेल भयो भनेर एकैछिन पछि भन्छन त्यो भन्न खोजेका होइनौँ । २ घण्टामा स्टेटमेन्ट चेन्ज भइसक्यो । यो के गर्न खोजेको ?’

उनले धितोपत्र बोर्डले शेयर बजारमा गिरावट ल्यानका लागि विभिन्न चलखेल गरिरहेको बताए । ‘मार्केट झार्नका लागि विभिन्न अस्त्रहरु युज गरिरहेका छन् । अस्ति माइक्रो फाइनान्स मार्जिन ल्याण्डीङलाई १२० दिन देखि बढाएर १८० दिन बनाइदियो । त्यसपछि पनि बजार घटेन के गर्ने के गर्ने भनेर फेरी ट्याक्स बढाएर ५ बाट साढे ७ प्रतिशत पुर्यायो ।’ उनले भने,‘त्यसबाट पनि नघटेपछी धितोपत्रले आज ५१ वटा कम्पनीको नाम निकाले । यो ५१ बहेक अरुको मुल्य माथि तल भएको कम्पनी छैन ? यो कस्तो खाले अनुसन्धान हो ? भोलि कुनै व्यक्तिले यो यो कम्पनीको सुचना निकालिदिनु भन्यो भने त्यहि निकाल्देला भन्ने पो लागिरहेको छ मलाई ।’

उनले धितोपत्र बोर्डले यो कन्पनीमा चुनौती छ वा यसमा फाइदा छ भन्न नमिल्ने बताए । ‘आजको दिन लगानीकर्ताहरु सजग छन् । कतिको लेभलमा पोर्टफोलियो बस्छ भनेर आफै हेर्न सकिन्छ । जुवाको बजार तपाई आफैले खुलाउने अनि यसमा रिस्क भयो यो भयो भनेर भन्ने ?’ उनले भने,‘जसले लगानी गर्छ उसैले एनलाईसिस गर्ने हो नी । धितोपत्र बोर्डले त्यस्तो गर्ने हो भने बन्द गर्नुस धितोपत्र बोर्ड । नियामक निकायले यो यो कम्पनी खराब छ, लगानी नगर्नुस भनेर भनेको छ कतै दुनियाँमा ? राम्रो भन्नुपर्नेमा यीनीहरुले मार्केट झार्न खोजिरहेका छन् ।

मंगलबार दिउँसो धितोपत्र बोर्डले लगानी गर्न असुरक्षित छन् भन्ने आशयको ५१ कम्पनीको लिष्ट सार्वजनिक गरेको थियो । तर त्यसको केही घण्टा नवित्दै बोर्डले सार्वजनिक गरिएका कम्पनीहरुमा चलखेल भयो भन्ने आशय आफ्नो नरहेको प्रष्टिकरण दिएको थियो ।


सम्बन्धित खबर