Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

सिन्धुपाल्चोकमा बाढी पहिरोको वितण्डा : ५० जना बेपत्ता, ७ जनाको मृत्यु (तस्बीर )

2021-06-16 10-06 | Hamro Biratnagar                  

A+ A A-

मंगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ ।साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र उनीहरु सम्पर्कमा नआएको सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ। ‘हेलम्बु गाउँपालिकामा अहिलेसम्मा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ उनले भने, ‘घर, टहरा, पुललगायत संरचना बगेका छन्।’ मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन।बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् ।

बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पुर्‍याएको अनुमान छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। रेडियो मेलम्चीको भवन पूरै डुवानमा परेको छ । बजार क्षेत्रमा लेदोसहितको बाढी पसेको छ ।

तस्वीरमा हेर्नुहोस् :


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय