Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

पानीको बहाब बढेपछि कोसी व्यारेजको १२ वटा ढोका खोलियो

2021-06-16 11-06 | Hamro Biratnagar                  

A+ A A-

मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोसी व्यारेजको १२ वटा ढोका खुला गरिएको छ ।

हाल कोसी नदीमा पानीको बहाब ६१ दशमलव १४५ क्युसेक रहेको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

पानीको बहाब बढिरहेको तर खतराको अवस्था नभएको सिडिओ ढकालले बताए । “नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोसीले खतराको तह पार गरेको छैन,” उनले भने ।

सप्तकोसीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय