Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

नगरिक केयर सेन्टर विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग

2021-06-16 11-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, २ असार । माछापुच्छ्रे बैंक लिमिटेडले नागरिक केयर सेन्टर, विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको हो ।

सहयोग रकम माछापुच्छ्रे बैंक, विराटनगर शाखाका प्रबन्धक चन्दन पोख्रेल र प्रतिनिधि रुपेश थापाले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडालाई चेक मार्फत हस्तान्तरण गरेका हुन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय