Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

चीनसँग खोप खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा

2021-06-16 01-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २ असार । चीनसँग कोरोनाविरुद्धको खोप खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोप खरिदको प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको हो ।

तर, कति मात्रा र कति मूल्यमा खोप खरिद गर्ने भन्ने खुलाइएको छैन । ‘प्रस्ताव क्याबिनेटमा  पुगेको छ । मात्रा र मूल्य गोप्य राखिएको छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने । चिनियाँ अधिकारीसँग छलफल भएपछि मन्त्रालयले खोप खरिदको फाइल मन्त्रिपरिषद्‌मा लगेको हो । चीनले मात्रा र मूल्य गोप्य राख्न भनेकाले नखुलाइएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार क्याबिनेटमा गएको फाइलमा १ करोड २० लाख डोजको हाराहारीमा खोप किन्ने प्रस्ताव गरिएको छ । चीनले तोकेको मूल्यभन्दा कममा नेपाललाई दिन सहमत भएकाले मूल्य लुकाइएको मन्त्रालय स्रोतको दाबी छ । हाल भेरोसेल खोप प्रति डोज १७ डलर रहेको छ ।

विभागका महानिर्देहक दीपेन्द्र रमण सिंहले पनि खोप खरिदको सबै प्रक्रिया अगाडि बढाइएको बताए । ‘खोप उत्पादक सबै कम्पनीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘कतिपय कुरा हाललाई गोप्य राख्नुपर्ने छ ।’ यसअघि पनि चीनसँग खोप खरिद प्रक्रिया अगाडि बढेको थियो । चीनले मूल्य गोप्य राख्न भनेको थियो । तर, तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मूल्य सार्वजनिक गर्नुपर्ने अडान लिएपछि खरिद प्रक्रिया रोकिएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय