Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

सुन्दरहरैचामा रोलरमा ठोकिएर मोटरसाईकल चालकको मृत्यु

2021-06-16 11-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका ८ चिउरा मिल छेउ पुर्व-पश्चिम राजमार्गमा मंगलबार बेलुका ८ बजे भएको सवारी दुर्घटनामा मोटरसाईकल चालक नबलपरासी गैडाकोट ९ घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका ८ बस्ने २५ बर्षिय गोकुल थापा भन्ने याम बहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाईते भएका थापाको सोही दिनको बेलुका ९ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पुर्वबाट आउदै गरेको One Test रोलरमा सोही दिशा तर्फ आउदै गरेको को३५प ५९७१ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय रुपक खड्का समेत घाईते भई धरानमा उपचार भईरहेको छ । रोलर र चालक कटहरी गाऊपालिका ४ का ३३ बर्षीय सरोज कुमार गौतम ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय