Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

सेबोनको निर्णयले नियामक निकाय नै रुष्ट, बजार घटाउन खोजिएको लगानीकर्ताको आरोप

2021-06-16 01-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गरेको निर्णयप्रति लगानीकर्ता मात्र होइन नियामक निकाय पनि रुष्ट बनेका छन् । मंगलबार सेबोनले लगानीका लागि जोखिमयुक्त ५१ कम्पनीको नामावली सार्वजनिक गरेसँगै लगानीकर्ताका संगठन र नेप्सेले नै उक्त निणर्यको विरोध जनाएको हो ।

४० खर्ब पुँजी विस्तार भएको बजारमा बोर्डले कम्पनीको नाम नै सार्वजनिक गरेर अध्ययन सुरु गर्नु सरासर बजार घटाउन चलखेल गरेको आरोप लगानीकर्ताले लगाउँदै आएका छन् । नेपाल इन्भेष्टर फोरमलगायत विभिन्न लगानीकर्ताका संघसंगठन र नेप्सेलेसमेत सेबोनको यो निर्णय अस्वीकार गर्ने जनाइसकेको छ । नेप्सेले लगानीकर्तालाई संयम रहन आग्रह गरेको छ ।

बोर्डको दुईअर्थी निर्णय

धितोपत्र बोर्डले सार्वजनिक गरेको सूचनामा वित्तीय विवरणसहित जोखिमयुक्त कम्पनीहरूको सूचिमा ५१ कम्पनीलाई राखिएको छ । यो निणर्यले यी ५१ कम्पनीमा लगानी नगर्ने अर्थ जनाउँछ । तर, सूचनासँगै बोर्डले अध्ययनका लागि छनौट भनेर पनि लेखेको छ ।

यसले गर्दा बोर्डले अध्ययन नसकिँदै नाम सार्वजनिक गरेको देखिन्छ । बोर्डले अध्ययन अनुसन्धान सकेर कारबाहीको समयमा मात्र नाम सार्वजनिक गर्नुपर्नेमा अगाडि नै नाम सार्वजनिक गरेर अध्ययन सुरु गर्नु बदनियतपूर्ण देखिएको जानकारहरू बतउँछन् ।

बोर्डले सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरण गलत भएको भन्दै नेप्सेले आफ्नो वेभसाइटमा गएर वित्तीय विवरण हेर्न अनुरोध गरेको छ । नेप्सेले बोर्डको यो निणर्यले बुलिस ट्रेण्डलाई पुन: घटाउन सक्ने भन्दै लगानीकर्तालाई आत्तिएर शेयर किनबेच नगर्न पनि आग्रह गरेको छ ।

त्यसो त बोर्डले सार्वजनिक गरेको कम्पनीका सूचीमा हिमालयन डिष्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स जस्ता राम्रा कम्पनीलाई पनि समेटेको छ ।

यो निणर्यलाई शेयरबजार विश्लेषक रविन्द्र भट्टराई दानवको नृत्यको संज्ञा दिन्छन् । उनले कम्पनीको नाम सार्वजनिक गर्नु सरासर बदनियतपूर्ण रहेको बताए ।

त्यसो त बजार विश्लेषक विष्णु बस्यालले धितोपत्र बोर्डको विज्ञप्तिबाट त्रसित नहुन लगानीकर्तालाई आग्रह गरेका छन् । उनले बोर्डको कार्य गलत नभए पनि काम गर्ने तरिका गलत भएको बताए ।

'विज्ञप्तिको नियतमा शंका गर्नुपर्ने ठाउँ छैन । तर भाषा अलि नमिलेको अनुभूतिचाँहि हुन्छ । कुनै कम्पनीको छानबिन गरेर निष्कर्षमा नपुग्दासम्म नाम सहितको लिस्ट जारी गर्नु उपयुक्त थिएन,' उनले भने ।

यता लगानीकर्ताको संगठन इन्भेष्टर फोरमले भने विज्ञप्ति नै जारी गरेर बोर्डको निर्णय गलत भएको जनाएको छ । बोर्डको निर्णयले लगानीकर्ताको ४१ खर्ब जोखिममा पर्न सक्ने भन्दै कम्पनीको नाम नै सार्वजनिक गर्नुले बोर्ड चरित्रमाथि नै प्रश्न उठेको जनाएको छ ।

यता लगानीकर्त हरी ढकाल भने बोर्डले नाम सार्वजनिक गर्नु लगानीर्ताको हितमा नै रहेको बताउँछन् । वित्तीय अवस्था हेर्ने लगानीकर्ताको काम हो खराब कम्पनीमा अध्ययनबिना नै लगानी गर्दा एक दिन पक्कै डुबिन्छ यसमा रुने काम नै छैन, उनले भने ।

दुई नियामक निकायबीचको विवाद चुलिने संकेत

लामो समयदेखि पुँजीबजार सञ्चालन र व्यवस्थापनको काम गर्दै आएका दुई नियामक निकायबीच विवाद चुलिँदै आएको छ । बोर्डको निणर्य र नेप्सेको असुन्तुष्टि यो पहिलो भने होइन । नयाँ स्टक एक्स्चेन्जको कुरा उठ्दा होस् या बजार व्यवस्थापनकै कुरा नेप्से र बोर्डको ऐक्यवद्धता खासै भेटिँदैन ।

अहिले पनि बोर्डले कम्पनीको नाम नै सार्वजनिक गर्दा नेप्सेलाई नसोधी गरेको भन्दै नेप्सेको काममा बोर्डको हस्तक्षेप चुलिएको भन्दै आक्रोस पोखिरहेको छ।  यसले यी दुई निकायबीचको सम्बन्ध सुध्रनुभन्दा थप बिग्रिने देखिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय