Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

2021-06-16 07-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर,२ असार : प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री टङक आङ्बुहाङ लिम्बुले आर्थिक वर्ष २०७८ः७९ को बजेट यथार्थपरक भएकोले सफल कार्यान्वयन हुने बताउनु भएको छ।

मन्त्रालयद्वारा आयोजित बजेट सम्वन्धी पत्रकार सम्मेलनमा यसको कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही बनाउन अनिवार्य रुपमा माथिल्लो पदाधिकारीदेखि अधिकृत तहसम्म कार्यसम्पादन सम्झौता गरिने जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष श्रु हुनु अगावै बजेट तथा कार्यक्रमको कार्यान्वयन कार्य योजना सवै मन्त्रालय तथा निकायहरुबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने प्रष्ट पार्नुभयो ।

मन्त्री आङ्बुहाङ्गले स्वीकृत आयोजनाहरु समयमै सम्पन्न गर्न जिम्मेबार अधिकारीले बोलपत्र आव्हान गर्ने, मूल्याङ्कन गर्ने तथा खरिद सझौता गर्ने कार्य आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि भित्रै गरिसक्नु पर्ने छ भन्नुभयो । उहाँले कोभीड–१९ को महामारीको आर्थिक वर्ष २०७८ः७९ मा पदाधिकारी र कर्मचारीको बैठक भत्ता कटौती गरिएको जानकारी दिनु भयो ।

सांसद पूर्वाधार विकास कोषलाई निरन्तरता दिएको जानकारी दिदै यस सम्वन्वधी कार्य योजना बनाइ कार्यान्वयन गर्ने उहाँको भनाइ थियो । मन्त्रालयका सचिव उत्तरकुमार खत्रीले प्रदेशको राजश्व क्षेत्र विस्तारका लागि विज्ञ समूह गठन गरी परिचालन गर्ने जानकारी दिनु भयो ।उहाँले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै भौतिक पूर्वाधार विकास मन्त्रालयमा १०८ आयोजना भएकोले बजेटको रकम धेरै राखिएको जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा प्रदेश योजना आयोगका सदस्यद्वय पूर्णकुमार लोक्सोम र मीना भण्डारीले पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिनु भएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय