Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

अब ‘स्मार्ट लकडाउन’ गर्ने सरकारको तयारी

2021-06-17 10-06 | Hamro Biratnagar                  

A+ A A-

कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)को बैठकले ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको जनाएको छ। बुधबार प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको बैठमा ओलीले साउनदेखि सबै जनतालाई खोप लगाउने कार्य अगाडि बढाइने बताए।

खोपका ल्याउनका लागि विभिन्न देशसँग पहल भइरहेको प्रधानमन्त्री ओलीले बताए। साथै बैठकले 'स्मार्ट लकडाउन' गर्ने निर्णय गरेको छ। बैठकले संक्रमणको जोखिम रोक्ने तथा अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको हो।

यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ।

बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। यी देशहरूबाट सातामा दुई हजार यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने विषयमा बैठकमा छलफल भएको थियो।

वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले  होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत सिसिएमसीले गरेको छ। योसँगै कूल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय