Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

फर्वाड माइक्राफाइनान्सको ३ करोड ९४ लाख ६३ हजार ४४६ कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

2021-06-17 12-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : फर्वाड माइक्रोफाइनान्सले संस्थापक समूहको ३ करोड ९४ लाख ६३ हजार ४४६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले असार ३ गतेदेखि असार १७ गते सम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर ८५० रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय