Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

लागूऔषध ब्राउन सुगर सहित झापाबाट एक जना पक्राउ

2021-06-17 04-06 | Hamro Biratnagar                  

A+ A A-

झापा : झापा मेचीनगर नगरपालिका ६ शान्तिनगर टोल स्थितबाट आज दिउसो सँवा १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय पबन राई रहेका छन् ।

उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको हो । पक्राउ परेका राई उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर