Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

डोटीमा पहिरामा परेर दुई जनाको मृत्यु

2021-06-17 08-06 | Hamro Biratnagar                  

A+ A A-

डोटी, ३ असार : लगातारको वर्षाका कारण पहिरो खस्दा आज जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लाका अनुसार पहिरामा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्ट रहेका छन् । गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरू पहिरामा पुरिएका थिए ।

दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथीबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए । च्यापिएको खबर थाहा पाएपछि नेपाल प्रहरी, स्थानीयवासी उक्त स्थानमा पुगी पहिरो पन्छ्याएर निकाल्दा उनीहरूको मृत्यु भइसकेको थियो । जिल्लामा पहिरामा परेर हालसम्म तीन जनाको ज्यान गइसकेको छ ।


सम्बन्धित खबर