Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पोखरेल

2021-06-18 11-06 | Hamro Biratnagar                  

A+ A A-

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा तथा एक जना स्वतन्त्र सांसदको सहयोगमा ३१ सांसद पुर्‍याउँदै मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री निर्वाचित भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पोखरेलले आफू नियुक्त भएको एक हप्तामै विश्वासको मत लिन लागेका हुन् ।

बाढीपहिरोपीडितको राहतका बिहीबार मनाङ गएका पोखरेल मौसमको खराबीका कारण उतै रोकिएका थिए । उनी आज बिहान पोखरा फर्कने छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय