Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

रोकिएका परीक्षा साउनभित्रै सक्ने त्रिविको तयारी

2021-06-18 12-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, ४ असार । त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षा साउनभित्रै सम्पन्न गर्नेगरी तयारी थालेको छ ।

कोरोना महामारीका कारण स्थगित भएका परीक्षा भौतिक उपस्थितिमै गराउने गरी त्रिविले तयारी थालेको हो । चल्दाचल्दै स्थगित भएका परीक्षा पहिला सञ्चालन गरिसकेपछि स्नातक तह प्रथम वर्षको परीक्षा गरीने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले शिलापत्रलाई बताए ।

जोशीका अनुसार यसपटक पहिलेको तुलानामा परीक्षा केन्द्रको संख्या भने थप गरिने भएको छ ।  ‘पहिलाका २ सय ४० परीक्षा केन्द्रहरूमा केही थप गरेर ३ सय हाराहारी पुर्‍याउँछौँ र भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्छौँ,' जोशीले भने ।

परीक्षाको तालिका भने असार ७ गतेपछिको निशेधाज्ञाको स्वरुप हेरेर सार्वजनिक गरिने उनले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय