Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँले घट्यो

2021-06-18 01-06 | Hamro Biratnagar                  

प्रतिनिधिमूलक तस्वीर
A+ A A-

सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज ३५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

बुधवार चाँदी तोलाको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय