Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

गर्भवती दलित महिलामाथि सामुहिक कुटपिटपछि मानसिक सन्तुलन गुम्यो, पीडकविरुद्ध प्रहरीमा उजुरी

2021-06-18 05-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : कानूनी रुपमा सामाजिक भेदभाव र उचनिचको व्यहार दण्डनीय भएपनि समाजमा अझै पनि दलितभएकै कारण विभिन्न वहानामा कथित उपल्ल्लो जातिको थिचोमिचो र अत्याचार सहँदै आउनुपरेको छ ।

न्यायमा समान पहँुच नभएकै कारण पीडितले न्याय समेत नपाइरहेको दलित अधिकारकर्मीहरु गुनासो गर्छन । पिडकमाथि हुने फितलो कारवाही र बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरु बरम्बार भइरहेका छन् । मोरङको कानेपोखरी गाउँपालिकामा फेरि यस्तै एउटा घटना दोहोरिएको छ ।

मोबाइलको सिम चोरी गरेको झुटो आरोपमा छिमेकीले कुटपिट गर्दा एक गर्भवती दलित महिला मानसिक स्वास्थ्य समस्यामा परेकी छन् । कानेपोखरी गाउँपालिका–५ चिसाङ बस्तीकी देविका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा सामुहिक कुटपिट गर्दा तीन महिनाको गर्भवती २५ वर्षीया शोभा दर्जीले मानसिक सन्तुलन गुमाउने गरी स्वास्थ्य समस्या भोग्नु परेको छ । एक महिना अघिको कुटपिटपछि कसैलाई पनि चिन्नै नसक्ने अवस्थामा पुगेकी शोभाको हाल सुनसरीको धरानस्थितबिपी प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ अधिकारकर्मी शान्ति गजमेरले बताइन् ।

छिमेकीको मरणासन्न हुनेगरी कुटपिटबाट मानसिक स्वास्थ्यमा समस्या भोग्न पुगेकी शोभालाई उनको परिवारले आर्थिक अभावमा घरमै बाँधेर राख्ने र उपचारका लागि धामीझाँक्री लगाउने गरेको थियो ।

तर, औषधि सेवन गर्नुपर्ने दिमागी रोग भएकोले धामीझाँक्रीले उनको रोग निको पार्न सकेनन् । रोग बल्झिँदै गएपछि उनीझन् बिरामीभइन् । शोभाले दिनप्रतिदिन छिमेकी मगर परिवारलाई जथाभावी गालीगलौज गर्दै हिँड्न थालिन् ।

गाउँलेले बौलाहीले गाउँमा दुःखदिन थालेको भन्दै उल्टो आरोप लगाउन थालेपछि परिवारले उनलाई बाँधेर राख्न थाल्यो । तैपनि उनको व्यवहारमा सुधार नभएपछि वडाध्यक्षको सहयोगमा उनलाई उपचारका लागि १० दिनअघि अस्पताल भर्ना गरिएको बुबा हर्कबहादुर दर्जीले बताए ।

अस्पताल

अस्पताल भर्ना भएर उपचार गराइरहेकीशोभाको स्वास्थ्यमा अझै सुधार आइ नसकेको र उनीतीनमहिनाको गर्भवतीसमेत रहेको चिकित्सकहरूले जानकारी दिएको स्थानीय दुर्गा नेपालीले बताइन । उनले पिडित महिला गर्भवतीभएकोले रोगको हिस्ट्री पत्ता लगाउनचिकित्सकहरूले शोभाको सिटी स्क्यान गराउन नसकेको बताइन ।

हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पीडित महिलाको उपचार भइरहेको छ । तर, आर्थिक अभावका कारण पीडित परिवार समस्यामा परेको छ । यतिबेला पीडित परिवार न्यायकालागि याचनागर्दै विभिन्ननिकायमाधाइरहेका छन् ।

सो घटना सार्बजनिक भएपछि दलितअधिकारकर्मीहरु पीडितलाई न्यायदिलाउनलागि परेका छन् । बिहिबार दलितअधिकारकर्मीहरुको टोलीले इलाका प्रहरी कार्यालय पथरीमा पीडकहरुविरुद्ध उजुरी दर्ता गरेको छ । घटना भएको लामो समयसम्म पीडितले न्याय नपाएको र उपचारमा समेत समस्याभइरहेको कुरा सार्बजनिक भएपछि अधिकारकर्मीहरुको टोलीइलाकाप्रहरी कार्यालयमाउजुरी दर्ता गराउनदवावदिएको थियो । सुरुमा उजुरी लिन आलटाल गरेपनिदिनभरी अधिकारकर्मीको दवावपछि प्रहरीले पिडकविरुद्धको उजुरी लिएको अधिकारकर्मी हुकुमसिंह नेपालीले बताए ।

प्रहरी कार्यालय

जिल्लाप्रहरी कार्यालय मोरङले घटनाको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्लाप्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायवउपरिक्षक मानबहादुर राईले अनुसन्धान सुरु गरिसकेको जानकारी दिए । उनले अहिले पिडितका तर्फबाट दिइएको उजुरीकाआधारमा अनुसन्धान सुरु गरिएको बताए ।

दलित गैर सरकारी संस्थामहासंघकाकेन्द्रीयउपाध्यक्षगोपाल लकान्द्रीले दलितसमुदायमाथिविभिन्नबहानामाअमानवीयव्यवहार, कुटपिट, हत्या जस्ता अपराधिक घटनाभइरहेको बताए । उनले पिडकले उन्मुक्तिपाउँदा यस्ता घटनाहरु बरम्बार भइरहेको बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय