Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

कोरोना भाइरस र यसको प्रभाव

2021-06-18 08-06 | Hamro Biratnagar                  

A+ A A-

  • प्रवेश बिष्ट

७७ सालको सुरुवातमा नै कोभिडले विश्व आक्रान्त थियो । त्यसमा नेपाल अछुतो रहने त कुरै भएन । कोरोना सङ्क्रमणका कारण नेपालले ७६ सालको चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरेको थियो । पटकपटक गरी चार महिनासम्म लकडाउन भयो ।

अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो ।

तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा फर्किएको छ । कोरोनाको जोखिम फेरि बढेको छ । लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि नेपालमा निषेधाज्ञा लागू गरिएको छ । विद्यालय बन्द गरिएको छ । अत्यावश्यकबाहेकका सबै सेवा बन्द छन् । सङ्क्रमण दिन प्रतिदिन बढ्दो अवस्थामा छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस ( कोभिड १९ ) को दोस्रो भेरिएन्टको भाइरसले संसारलाई नै त्रसित बनाएको छ । कोरोना भाईरसको रोकथाम गर्न विभिन्न देशहरु यसको प्रयासमा लागिरहेका छन् । वर्तमान समयमा कोरोनाको प्रकोपबाट त्रसित नभएको सायद कुनै क्षेत्र छैन होला ।

यसको प्रकोप नेपालमा पनि उच्च छ । कोरोना भाईरसबाट विश्व नै आतंकित भइरहेको बेला नेपालमा पनि कोभिड १९ का संक्रमित बिरामीको अनुपात हिजोको तुलनामा आज बढ्दो छ । यससँगै नेपाल सरकारले कोरोना भाईरसको सम्भावित रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ । सामाजिक पृथ्वीकरणले गर्दा मानिसहरुको समूहमा भेला हुने प्रचलन निषेधित गरिएको छ ।

कसैले पनि नसोच्नु की निषेधाज्ञाको अर्थ सरकारले मनोरञ्जनका लागि विदा दिएको हो । तर यो कफर््यू लगाएको पनि होइन । निषेधाज्ञाले दिन खोजेको सन्देश र यसको अर्थ कफर््यू भन्दा गम्भिर छ । यो आपतकालीन र संकटकालीन अवस्थामा नागरिक आफैँ पनि सचेत हुन अति आवश्यक छ । सरकारले जारी गरेको स्वास्थ्य स’रक्षाको मापदण्ड पालना गनर्’पर्छ । जिषेधाज्ञाको आदेश प”र्णरुपमा पालना गनर्’पर्छ ।

कोरोना भाइरस र नेपाल

कोभिड १९ नामक कोरोना भाईरसको संक्रमण खासगरी चीनको वुहान सहरबाट सुरु भएको हो । चीनसँग सिमा जोडिएको र ऐतिहासिक रुपमा द्विपक्षिय सम्बन्ध गाँसिएको हुनाले नेपाल उच्च जोखिममा रहेको छ । सिमा जोडिएको हुनाले नेपाललाई समयमै सतर्कता अपनाउन भनिएको थियो । ककसले कति सतर्कता अपनाए त्यो आफ्नो ठाँउमा छ ।

कोरोना भाईरस भित्रिए कसरी सामना गर्ने भन्ने विषयमा नेपाल सरकारको समयमै ध्यान केन्द्रित हुनुपर्ने थियो । विमानस्थल र नाकाको कडाईमा समयमै सम्बन्धित निकायले चासो नदिएकै कारण नेपालमा कोरोना संक्रमण फैलिरहेको छ ।

कोरोना भाईरसले हाम्रो समुदायका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने निश्चित छ ।

कोरोना भाईरसबाट हामी कोही संक्रमित भैहालेका त छैनौँ होला तर कोरोनाको भय र भ्रमले गर्दा हामी थलिइसकेका छांै । कोभिड १९ भन्दा पनि डरलाग्दो भाईरसका रुपमा खडा भएको छ हामीले समाजमा जन्माएको अनावश्यक भ्रम ।

जे होस, अहिलेको प्राथमिकता कोरोना भाईरसको संक्रमणबाट जोगिनु र जोगाउनु बाहेकको विकल्प हामीसँग छैन । यो जटिल परिस्थितिमा एकअर्काको साथको आभास गर्नुपर्छ । यो अन्य प्राकृतिक विपद्भन्दा पृथक छ । यसले विश्वलाई नै एकैसाथ ग्रसित बनाएको छ । हामी घरभित्र बसिदिँदा आफू सुरक्षित हुनुका साथै परिवार, समाज र मूलुकलाई बचाउन ठुलो सहयोग हुन्छ भने हामीले यति किन नगर्ने ?

अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरु उच्च जोखिम मोलेर देश र जनताका निम्ति काम गरिरहेका छन् । उद्दार, राहत र सिमा, विमानस्थल, सडक, भिडभाड लगायतका क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले उच्च सतर्कता नअपनाउने हो भने, स्वास्थ्यकर्मीले सेवामा खटिएको बेला उचित सुरक्षाको मापदण्ड पालना नगर्ने र पत्रकारहरुले रिपोर्टिङका क्रममा सुरक्षित नहुने हो भने कोरोनाले निम्त्याउने संकट अझ भयबाहक हुन्छ । ड्युटिमा खटिँदा सुरक्षित भई आवश्यक मास्क, पञ्जा, पोशाक, सेनिटाइजर लगायतका सामाग्री तत्काल उनीहरुलाई उपलब्ध गराउनुपर्छ ।

हाम्रा देशका व्यापारीहरुलाई देशमा संकट देखा पर्दा ठुलै चाडपर्व आए झँै हुन्छ । कयौं संकटका समयमा पनि चेत्न नसकेका व्यापारीहरु अहिले विश्व नै त्रसित भई रहेको अवस्थामा कालोबजारी सुरु गर्न थालिसकेका छन् । व्यापारीहरुले मानवता भन्ने चिज नै पर सारिसकेका छन् ।

व्यापारीहरुले कसलाई कतिबेला के आपत पर्छ भनेर मौका पर्खिरहेका छन् । सर्वसाधरणले आफ्नो चुल्हो बाल्न नसकेको अवस्थामा बिहान बेलुकाको छाक टार्न गाह्रो भैरहँदा सामानको भाऊ आकाशिन थालेको छ ।

अन्य संकटको समयमा जस्तो आफूसँग भएको सामान लुकाएर अभाव खडा गर्न व्यापारीहरु पल्किसकेका छन् । व्यापारीहरु सामान लुकाउने अनि महँगोमा बिक्री गरेर नाफा कमाउने दाउमा यतिबेला कोरोना भाईरसलाई पनि बनाईरहेका छन् ।

कोरोना भाइरसले नेपालको आर्थिक अवस्था संकटमा परेको छ । आयस्रोत न्युन छ । कोभिडले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ ।

कोरोनाबाट बच्न यी कुराहरुमा ध्यान दिनुपर्छ :

  • सबै सार्वजनिक स्थल तथा कार्यालयहरुमा तथा सबै किसिमका जमघट र भेलाहरुमा कम्तिमा २ मिटरको दूरी अनिवार्य कायम राख्ने,
  • घर बाहिर निस्किँदा सर्जिकल वा तीन तहले बनेको कपडाको मास्क प्रयोग गर्ने,
  • सबै सार्वजनिक स्थल तथा कार्यलयहरुले आफ्नो परिसरमा हात धुने साबुन पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्थापन गर्ने,
  • कार्यालय प्रवेश गर्दा अनिवार्यरुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्ने,
  • प्रत्येक दिन कार्य प्रारम्भ गर्नुअघि अनिवार्य रुपमा थर्मोमिटरबाट ज्वरो परीक्षण गर्ने,
  • १००.४ डिग्री भन्दा बढी ज्वरो भएमा काममा नलगाउने,
  • दैनिक हाजिरी लगाउने कार्यालयहरुले फेस रिडिङबाट हाजिरी गर्ने व्यवस्था मिलाउने वा सुपरिवेक्षकले अभिलेख राख्ने,
  • खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरुलाई काममा नलगाउने,
  • आवश्यक निदान, उपचारको व्यवस्था मिलाउने,
  • खानपानको व्यवस्थापन राम्रोसँग मिलाउने,
  • प्रयोग गरिएका सामाग्री तथा भाडाहरु राम्रोसँग सफा गरेर सुकेपछि मात्र प्रयोग गर्ने,
  • स्नानघर तथा शौचालयहरुलाई दैनिक २ पटक नियमित रुपमा सफा गर्ने,
  • हात धुने बेसिनहरुबाट संक्रमण सर्ने जोखिम हुनेहुँदा दात माझ्ने ब्रस लगायतका सामानहरु बेसिनमा नराख्ने,
  • धेरै प्रयोग हुने ढोका, टेवल तथा अन्य सामाग्रीहरु दैनिक डिसइन्फेक्टेड गर्ने,
  • कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको परामर्शमा उपचार गराउने


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय