Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

फोहोरले विराटनगरको नयाँ गुद्री बजार दुर्गन्धित (फोटो फिचर)

2021-06-19 11-06 | Hamro Biratnagar                  

A+ A A-

विगत लामो समयदेखि फोहोर नउठाउँदा विराटनगर महानगरपालिका वडा नम्बर ११ को नयाँ गुद्री बजार दुर्गन्धित भएको छ । फोहोरको थुप्रो गन्हाएर वसीनसक्नु हुँदा पनि महानगरपालिकाले चासो नदिएको स्थानीयहरुले बताएका छन् ।

अस्थायीरुपमा त्यहाँ फोहर फ्याक्दै आएपनि त्यसलाई नष्ट गर्नेतर्फ महानगरपालिकाले कुनै चासो देखाएको छैन् । महानगरपालिकाले तत्काल नगरभरीको फोहोर फ्याक्नका लागि वैकल्पिक उपाय खोज्नुपर्ने उनीहरुको भनाइ छ ।

नयाँ गुद्री बजारमा यतिबेला जता ततै फोहोर छ । कतै कतै डस्बिन राखिएको भए पनि कतिपयले बाहिरनै फोहोर फाल्ने गरेका छन् । कुहिने नकुहीने फोहोर छुट्टाछुट्टै नभएको फोहोरका थुप्रो सडकमा छराल्लीन थालेको छ ।

एकातिर कोरोनाको डरले घर भित्र वस्दा पनि सुख नपाएको भन्दै फोहोर दुर्घन्त भित्रै आएको स्थानीयको गुनासो छ ।

तस्बीर : सुरज श्रेष्ठको फेसबुकबाट


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय