Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

२२ महिने सन्ध्याको शरिरमा पलाएको ट्युमरको सल्यक्रिया गर्न आर्थिक अभाव, सहयोगको अपिल

2021-06-19 12-06 | Hamro Biratnagar                  

A+ A A-

असार ५, रबिन्द्र बराल ; झापाको गौरीगंज गाउँपालिका वडा नम्बर ३ स्थित ठेडीटोलमा बसोवास गर्ने एक परिवारलाई आफ्नो २२ महिने छोरीको उपचारका लागि आर्थिक अभावका कारणले गर्दा समस्या परेको छ ।

२२ महिने छोरीको शरिरमा जन्मेको समय देखिनै ढाडमा पलाएको ट्युमर को कारण अहिले दिनप्रतिदिन बढ्दै गएपछि थप समस्य उत्पन्न भएको हो ।

टुयुमर दिनप्रतिदिन बढ्न थालेपछि जीवन मरणको दोसाधमा छिन् २२ महिने सन्ध्या। अरु को घर भाडामा लिएर बस्दै आएको परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय छ ।

उनको यतिबेला विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भईरहेको छ । उनको उपचार मा १५ लाख रुपैयाँ भन्दा बढी खर्च हुने भएकाले आफूहरुसंग आर्थिक अभाव भएको हुनाले देश विदेश मा रहने नेपालीहरुलाई सहयोग गरि छोरी को जीवन रक्षाको लागि परिवारले अनुरोध गरेको छ ।

उनलाई आर्थिक सहयोग गर्न चहाने व्यक्तिहरुले नेपाल बैंक लिमिटेड गौरीगञ्ज शाखामा उनका वुवा देबिन्द्र राईको (Debindra Rai) को नाममा रहेको खाता नम्बर 07301007048922000001 मा आर्थिक सहयोग गर्न परिवारले अनुरोध गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय