Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

कोरोनाबाट पूर्व सञ्चारमन्त्री तप्तबहादुर विष्टको निधन

2021-06-20 11-06 | Hamro Biratnagar                  

A+ A A-

कोरोना संक्रमणका कारण पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। मेडिसिटी अस्पताल काठमाडौंमा उपचाररत उनको आइतबार बिहान ५ बजेतिर निधन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले पुष्टि गरे।

पूर्वसंविधानसभा सदस्य विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर नेतृत्व गरेका थिए। २०४६ साल पहिले प्रतिनिबन्धित नेपाली कांग्रेसका सदस्य रहेका उनी २०४९ जिल्ला विकास समिति सुर्खेतको उपसभापति बनेका थिए।

एक महिनाअघि कोरोना संक्रमण भएको उनको सुर्खेतमा उपचार सम्भव नभएपछि हप्तादिन अघिमात्रै काठमाडौं रिफर गरिएको थियो। सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने ९मालुझुल० निवासी उनको ६० वर्षको उमेरमा निधन भएको हो।


सम्बन्धित खबर