Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

बेहुलाले बेहुलीलाई मोटरसाइकलमा चढाएर भित्र्याए

2021-06-20 11-06 | Hamro Biratnagar                  

A+ A A-

संखुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले कोरोना महामारीका कारण निषेध आदेशका बीच बेहुलीलाई आफैंले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन्।

धर्मदेवीको आँखीभुईबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्। बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन्। विवाहमा अन्य कुनै तडकभडक देखिएन।

कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ। रासस

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय