Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो

2021-06-20 12-06 | Hamro Biratnagar                  

प्रतिनिधिमूलक तस्वीर
A+ A A-

६ असार, काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ८०० कारोबार भएको थियो । त्यसैगरि, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय