Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

जोखिमयुक्त कम्पनीको सूचीबिरुद्ध धितोपत्र बोर्डमाथि सर्वोच्चमा परेको रिटमा आज सुनुवाई हुँदै

2021-06-20 01-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । नेपाल धितोपत्र बोर्डविरुद्द सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । नेप्सेमा सुचीकृत ५१ कम्पनीमा लगानी गर्न जोखिम रहेको भन्दै उनीहरूको नाम सार्वजनिक गर्ने बोर्डको निर्णयबिरुद्द अधिवक्ता रविन बोहजु र सुरेन्द्र कोंजुले शुक्रबार रिट दायर गरेकोमा आज सुनुवाई हुन लागेको हो ।

रिटमा बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सुचीसहितको विज्ञप्ती बदर गर्न माग गरिएको छ । बोर्डको उक्त निर्णय बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिरको रहेको र यसले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

बोर्डको उक्त निर्णयले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको रिट निवेदनमा उल्लेख गरिएको छ । यसैगरी रिटमा शेयर कर्नरिङ रोक्नको लागि छुट्टै कानुन बनाउनको लागि बोर्डलाई परमादेश पनि माग गरिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय