Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

वनप्लस र ओप्पो एक हुँदै, कस्तो पर्ला ग्राहकमा असर ?

2021-06-20 02-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं : दुई चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लस र ओप्पो मर्जरमा गएका छन् । केही समयदेखिको सहकार्यपश्चात दुई कम्पनीले मर्जरको घोषणा गरेका हुन् । यससँगै अब वनप्लस ओप्पोको सहायक ब्राण्ड बनेको छ ।

बीबीके इलेक्ट्रोनिक्सको स्वामित्वमा रहेका दुवै ब्राण्डले अधिक संसाधन जम्मा गर्न तथा कामकाजी सम्बन्धलाई औपचारिकता दिन मर्जरमा गएको बताइएको छ । वनप्लसका सह(संस्थापक पिट लाउ र कार्ल पेईले यस अघि ओप्पोमा काम गरेका थिए ।

गत जनवरीमा वनप्लसले आफ्नो अनुसन्धान र विकासलाई ओप्पोसँग मर्ज गर्ने घोषणा गरेको थियो । त्यतिखेर दुवै कम्पनीले आफ्नो अनुसन्धान र विकास सम्बन्धी टिमको शेयर मर्ज गर्ने उनीहरुको योजना रहेको थियो ।

वनप्लसले सफ्टवेयरको क्षेत्र भने त्यसले नछुने स्पष्ट पारेको थियो । तर अहिले आएर भने दुवै कम्पनीबीच पूर्ण रुपमा एकीकृत हुने घोषणा आएको छ ।


सम्बन्धित खबर