Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

सुन्दरहरैचाबाट लागूऔषध कारोबार गर्ने एक जना पक्राउ

2021-06-21 01-06 | Hamro Biratnagar                  

A+ A A-

मोरङ सुन्दरहरैचा नगरपालिका -६ डिपुचोक स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान ५ का २६ बर्षीय गोपाल बिश्वकर्मा रहेका छन् ।

हिजो दिउसो २ बजे लागूऔषधको कारोवार भईरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्माले बोकेको ब्यागबाट DIALEX-DC 100 ML को २५ बोतल, NITRAVET-10 -३७५ ट्याबलेट, NITRAVET-10 -६० ट्याबलेट र SPASMO-PROXYVON PLUS -१४४ ट्याबलेट बरामद भएको हो ।

पक्राउ परेका बिश्वकर्मा उपर थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर