Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

कोपा अमेरिकाको अन्तिम आठमा कुन-कुन टिमबीच हुँदैछ भिडन्त?

2021-06-29 12-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, असार १५ : कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो।


Messसमूह 'ए' बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम आठमा पुगे।

समूह 'बी' बाट आयोजक ब्राजिल, पेरु, कोलम्बिया र इक्वेइडरले अन्तिम आठमा स्थान पक्का गरे।

अब २ जुलाईदेखि अन्तिम आठका खेल सुरु हुनेछन्।

अन्तिम आठमा पेरु र पाराग्वेबीच पहिलो खेल हुेनछ। दोस्रो खेलमा ब्राजिल र चिली भिड्नेछन्।

 

यस्तै उरुग्वे र कोलम्बियाबीच तेस्रो खेल हुँदा अर्जेन्टिना र इक्वेइडर चौथो क्वार्टरफाइनलमा भिड्नेछन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय