Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन

2021-07-01 08-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता चयन भएकी छन् । २०२१/०२२ का लागि जैन अध्यक्षमा जैन चयन भएकी हुन् ।

दीप्ती तोदीको कार्यकाल सकिएपछि जैनले रोटरी क्लब अफ विराटनगर डाउन टाउनका नेतृत्व गरेकी हुन् । २०२१/०२२ का लागि नयाँ टिमको नेतृत्व गरेकी संचिताले पछिल्लो वर्षहरु सचिवको  रुपमा काम गरिसकेकी छिन् ।

त्यस्तै क्लबको सचिवको जिम्मेवारी अनिता मूण्दडा (सारडा) ले प्राप्त गरेकी छिन् । सो क्लबले विपन्न वर्गका परिवारलाई खाद्यान्न वितरण, विभिन्न आश्रमहरुलाई सहयोग, कोरोना माहमारीमा स्वास्थ्य सामाग्री वितरण, शिक्षा, वातावरण, स्वास्थ्य, महिला स्वावलम्वनलगायतका सामाजिक कार्य नियमित गर्दै आइरहेको छ ।

अध्यक्ष चयन भएपछि जैनले आफ्नो नेतृत्वमा क्लबलाई थप नयाँ उचाइमा पुर्याउने बताएकी छन् । उनले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण र आपतकालीन कामहरु गर्ने बताइन् ।


सम्बन्धित खबर