Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

जोखिममा रतुवामाईको गीरी टोल र सुनवर्षीको बरडंगाः बाढीको डरले रातभरी जाग्राम बस्छन् स्थानीय, करोडौँको लगानीमा बनेको झोलुंगे पुल पनि जोखिममा (भिडियो रिपोर्ट सहित)

2021-07-01 08-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १७ असार । बर्खा सुरुभएसँगै मोरङको बक्राहा खोलामा पानीको बहाब बढ्दै गएपछि यतिबेला रतुवामाईको गिरी टोल र सुनवर्षी नगरपालिकाको बरडंगा वासीचिन्तित् बनेका छन् । नदी कटानको स्थायी समस्या समाधन नहुँदा यो वर्ष पनि सो ठाउँका जनता बाढीको त्रासै त्रासमा बस्न बाध्य छन् ।

प्रत्येक वर्ष मनसुन सुरु भएसँगैखोलामापानी बढेर पस्ने बाढीका कारण सो ठाउँका स्थानीय जनता आजित हुँदै आएका छन् । तस्बीरमा देखिएको यो ठाउँ दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाको वडा नं. १ स्थित गीरी टोल र सुनवर्षी नगरपालिका–७ जोडिने स्थान हो ।

तस्बीरमा देखिएको यो झोलुंगे पुल संविधानसभा सदस्य ऋषिकेश पोखरेलको पहलमा निर्माण भएको हो । बक्राहा नदीमा बनेको यहि पुलले रतुवामाई र सुनवर्षी नगरपालिकालाई जोडेको छ ।

तर, बर्खायाम सुरु भएर यतिबेला बक्राहा नदीले जमिन कटान गर्न थालेपछि झोलुंगे पुल मात्र होइन, गीरी टोलर सुनवर्षी नगरपालिका–७ बरडंगाको चौकी टोलबासी जोखिममा परेका छन् ।

स्थानीयका अनुसार नदी नियन्त्रणका लागि तीनै तहका निर्वाचित जनप्रतिनिधिहरुले नदी कटानको स्थायी समस्या समाधानको पहल नगर्दा उक्त क्षेत्रका जनताले प्रत्येक वर्ष बर्खा याममा ठुलो धनजनको क्षति व्यहोर्दै आउनु परेको छ । यस वर्ष पनि नदीमा बढ्दो पानीको बहावले जमिन कटान गर्दै जान थालेपछि अफुहरु त्रासैत्रासमा बस्न बाध्य भएको स्थानीय पार्वतीदेवी गीरीले बताइन् ।

प्रत्येक वर्षको कटानका कारण नदीले धार परिवर्तन गरि गाउँमा बाढी पस्दा ठूलो धनजनको क्षति हुँदै आएको छ । बढी गाउँमा पस्दा सो क्षेत्र पुरै डुवानमा पर्ने गरेको छ । त्यसो त बर्खा सुरु भएसँगै प्रत्येक वर्ष नदीमा पानीको बहाव बढ्ेर बाढी पस्ने गरेका कारण बर्खा भरी स्थानीय रातभर जाग्राम बस्न बाध्य हुँदै आएका छन् । नदी नियन्त्रण हुन नसक्दा यो वर्ष फेरी कटान हुनथालेपछि स्थानीय कहिले बाढी पस्ने हो र बगाउने हो भन्ने त्रासमा छन् ।

बाढी पस्ने त्रासले यतिबेला रातभरी जाग्राम बस्न बाध्य भएको स्थानीय राजकुमार भण्डलले बताए । बर्खा सुरु भएसँगै कटान हुनथालेपछि समस्यामा पर्ने भन्दै स्थानीयले तत्कालका लागि बैकल्पिक व्यवस्था गरेर भएपनि जोखिमबाट बचाउन अपिल गरेका छन् ।

यतिबेला स्थानयीबासी खोला हेरेर बस्न बाध्य छन् । स्थानीय अगुवा वर्तलाल राजवंशीले सो क्षेत्रमा जग्गा कटान, बालीनाली नष्ट र धनजनको ठूलो क्षतिहुँदै आएको बताए ।

यसपल्ट पनि कटान सुरु भइसकेकाले सयौँ परिवार जोखिममा रहेको उनले बताए । उनले यसपल्ट पनि हजारौँ विघा किसानको जग्गा बगरमा परिण हुने जोखिम रहेकाले तत्काल समस्याको समाधान गरिनुपर्ने बताए ।

अर्का स्थानीय रामकुमार सिंह गन्गाईले नदी कटानले गर्दा सो क्षेत्रको हजारौँ बिघा खेती योग्य जमिन बगरमा परिणत भइरहेको र वालीनाली समेत नष्ट हुनगरेकाले आफुहरु वर्षेनी ठुलो समस्यामा पर्दे आएको बताए । उनले विभिन्न निकायमा जग्गा कटान रोक्नका लागि आग्रह गरेपनि आश्वासन मात्र दिने गरेको बताए । उनले आफ्नो ६ विघा जग्गा कटानको जोखिममा रहेको जानकारी दिए ।

स्थानीय लोकनाथ गिरीले निर्वाचनका बेला बक्राहा नदी नियन्त्रण गर्ने आवश्वासन दिएपनि निर्वाचन जितेर गएपछि तीनै तहका जन प्रतिनिधि एक पटक पनि फर्किएर हेर्न नआएको गुनासो गरे । उनले वर्षेनी बाढीले क्षती पुर्याइसकेपछि मात्र केही पोका राहत लिएर जनप्रतिनिधिहरु आउने गरेको तर दिर्घकालिन समस्यामा ध्यान नदिएको बतए ।

स्थानीय बुधसिंंह गिरिले आफ्नो १० बिघा खेतसहित हजारौँ विघा जग्गा जोखिममा परेपनि तीनै तहका जनप्रतिनिधिले नदी नियन्त्रणका लागि पहल नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

किसानको जग्गा र धनजनको जोखिम मात्र होइन, कटान भएर नदीले धार परिवर्तन गर्दै जान थालेपछि रतुवामाई र सुनवर्षी नगरपालिका जोडने करोडौँ रुपैयाँको लगानीमा निर्माण भएको झोलुंगे पुल समेत जोखिममा परेको छ ।

वारिपारि गर्ने एक मात्रपुल समेत नहुँदा दक्षिणी क्षेत्रका जनताले वर्षौँ सम्म सास्ती खेप्दै आउनुपरेको थियो भने बर्खा लागेसँगै सो क्षेत्रबाट रतुवामाई र सुनवर्षी सम्पर्क विच्छेदनै हुनेगरेको थियो ।

सोही समस्या समाधानकालागि संविधानसभा सदस्य ऋषिकेश पोखरेलको पहलमा पुलनिर्माण भएपछि भने जनतालाई ठूलो राहत भएको छ । ओहोरदोहरमा पनि सहजभएको छ । तर, अहिले गाउँ, किसानको जग्गामात्रनभई सो पुलनै जोखिममा परेपछि भने स्थानीय थप चिन्तित बनेका छन् । सुनवर्षी नगरपालिका–७ का वडाध्यक्ष प्रकाश यादवले तत्कालको समस्या समाधान गर्नका लागि बाँसको पाइलिङ गरेरसममेत नियन्त्रण गरिनुपर्ने बताए ।

नदी कटानले रतुवमाई नगरपालिकाको गिरी टोल र सुनवर्षी नगरपालिका७ वरडंगाका सयौँ परिवार मात्र जोखिममा परेका छैनन् । किसानको हजारौँ खेत समेत बगरमा परिणत हुँदै गइरहेको छ । अझ जनताको सुविधाका लागि राज्यले करोडौंँ रुपैयाँ लगानी गरेर निर्माण गरेको पुलसमेत जोखिममा पर्नु दुखद विषय हो ।

तत्काल समस्या समाधान नगरिए सो क्षेत्रमा ठूलो क्षति हुने निश्चित देखिन्छ । त्यसर्थ सो क्षेत्रका तीनै तहका जन प्रतिनिधिले क्षति भइसकेपछि केही पोका राहत लिएर पुग्नु भन्दा तत्कालै बैकल्पिक माध्यामबाट भएपनि समस्या समाधन गर्न जरुरी रहेको स्थानीयले माग गरेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय