Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सामाजिक सुरक्षा कोषकोविरुद्ध नविल बैंक विराटनगरका कर्मचारीहरुको प्रदर्शन

2021-07-02 02-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १८ असार । सामाजिक सुरक्षा कोषको हालको व्यवस्थाहरुमा असहमती जनाउदै विराटनगरमा आज प्रदर्शन भएको छ । कोषका विरुद्ध विराटनगरस्थित नबिल बैंक लिमिटेडका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

विराटनगरको गोल्छा चोक जनिकै रहेको बैंकका कर्मचारीहरुले कार्यालय समय अघि कोष योजनाको विरुद्धमा नाराजुलुस गर्दै प्रदर्शन गरेका थिए ।

सामाजिक सुरक्षा कोष विरुद्ध नेपाल भरका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु केहि समययता आन्दोलित छन् । आफुहरुले खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्ट भएका हुन् ।

कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेर प्रदर्शन सुरु गरेका छन् ।

बैंक तथा वित्तीय संस्था र सामाजिक सुरक्षा कोषको निरन्तर विवाद चलिरहेको छ । केहीदिन अघि दुवै संस्थाबीच विज्ञप्ति जारी गर्ने जुहारी चलेको थियो भने बैंकका कर्मचारीहरू सडकमा नै उत्रिएका छन् ।

सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोषमा आवद्ध हुन निर्देशन दिएको छ भने बैंक तथा वित्तीय संस्थाले भने सामाजिक सुरक्षा कोषको उक्त कदमको विरोध गर्दै आएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय