Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

माधव कमरेडले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बेचेर गल्ती गर्नुभयो : गौतम

2021-07-02 03-07 | Hamro Biratnagar                  

A+ A A-

१८ असार, काठमाडाैँ । पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्ने हो वामदेव गौतम मियो जस्तै बनेका छन् । जस्तो कि पार्टीमा वामदेव जता ढल्कियो त्यही समूह बलियो बन्दै आएको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका बामदेव गाैतमले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बेचेर गल्ती गरेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले पार्टी नेता माधव नेपालले गल्ती गरेको बताउनुभयो। कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर नेता नेपालले गल्ती गरेको उहाँको भनाइ छ ।

“माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुरको लागि सही गर्थें । उहाँले गल्ती गर्नुभएको हो । माधवलाई जसरी पनि पार्टीमा ल्याउँनु पर्छ । त्यसका लागि पार्टी अध्यक्षले संयमता अपनाउनु पर्छ । पार्टी एकता अपरिहार्य आवश्यकता हो ।”

 


सम्बन्धित खबर