Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण, ३४५१ जना निको

2021-07-02 04-07 | Hamro Biratnagar                  

A+ A A-

शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो।

६ हजार ५ सय ६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि भएको थियो भने ४ हजार ३० मा एन्टिजेन परीक्षण गर्दा ९०८ मा पोजेटिभ देखिएको थियो।

पछिल्लो २४ घण्टामा ३४५१ जना निको भएका छन्।

हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरूको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। यस्तै निको हुनेको दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ३४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय