Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

जर्मनीका मिडफिल्डर टोनी क्रुसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

2021-07-02 07-07 | Hamro Biratnagar                  

A+ A A-

जर्मनीको राष्ट्रिय फुटबल टिमबाट १०६ क्याप जितेका मिडफिल्डर टोनी क्रुसले संन्यासको घोषणा गरेका छन्।

जर्मनीको राष्ट्रिय टिम जारी युरोकपको अन्तिम १६ बाट बाहिरिएको हप्ता दिन नवित्दै क्रुसले संन्यासको घोषणा गरेका हुन्। २०१० मा अन्तराष्ट्रिय खेलमा डेब्यू गरेका क्रुसले अहिलेसम्म १५ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

उनी जर्मनीको उमेर समूहको टिम यू १७, यू १९ र यू २१ हुँदै राष्ट्रिय टिममा प्रवेश गरेका थिए।

राष्ट्रिय टिमबाट जोआचिम लोको प्रशिक्षणमा लामो समय बिताएका क्रुसले नयाँ प्रशिक्षक हान्सी फ्लिक नियुक्त नहुँदै संन्यासको घोषणा गरेका हुन्।

गएको मंगलबार लन्डनमा भएको खेलमा इंग्ल्यान्डसँगै २–० गोलको हार बेहोरेपछि जर्मनी युरो कपबाट बाहिरिएको थियो। उनलाई संसारकै उत्कृष्ट मिफिल्डरमध्ये मानिन्छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय