Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

असार २४ गतेदेखि नेपालमा कोरोना विरुद्धको खोप आउने

2021-07-02 11-07 | Hamro Biratnagar                  

A+ A A-

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने जनाएको छ ।

चीनको बेइजिङमा रहेको साइनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौता अनुसार असार २४ गतेदेखि खोप आपूर्ति सुरु हुने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । त्यसपछि विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

यसका साथै कोभ्याक्स सुविधाबाट समेत छिटै खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम विस्तार हुने मन्त्रालयले बताएको छ ।


सम्बन्धित खबर