Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

बिगत ३/४ दिन को भारी वर्षाले बिराटनगर को विभिन्न ठाउ जलमग्न (फोटो फिचर)

2021-07-03 09-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर। बर्षातको मौसममा तराई भूभागमा पानीको निकासमा सकस भएर हिलो हुनु त सामान्य हो। तर विराटनगर महानगरपालिकाभित्रका प्रत्येक वडामा बर्षेनी पोखरी नै बन्छ।

अहिले गत हप्तादेखि निरन्तर  बर्षा भइरहेको छ। यत्तिको बर्षामा ढल मार्फत पानी निकास भएर जाने हो भने कतै डुबान हुने संभावना छैन। तापनि महानगरभित्र सधैँ जसो डुब्ने गरेको छ। हिँडडुल गर्न पनि समस्या हुनेगरी ताल परेपछि स्थानीयहरू आक्रोशित हुन थालेका छन्।

विराटनगर १५ तरिवेनि टोल का स्थानीय युवा प्रकाश कर्णका अनुसार अहिले उनको वडा र टोल सबै जलमग्न छ। पक्की घर हुनेहरूको घर त सुरक्षितै छ तर जसको घर सामान्य छ उसको पूरै बिजोग भएको छ। पानीमा सर्पहरू पनि बगेर आउने डरले स्थानीयहरू रातभर निदाउँदैनन्। ' हाम्रो भोट चाहिँदा सबै नेता मन्त्री आउने, अहिले यो दुःखमा नजीकैका नेता पनि अर्को बाटो भएर हिँड्छन् तर डुबानका चिन्तित छैनन्! '- कर्णले दुःखेसो पोखे।

दैवी विपत्ति कहिलेकाहीं आउँछ यसमा कसैले देख्ने कुरा हुँदैन तर हरेक बर्खायाममा डुबान हुने विराटनगरका बारेमा कोही चिन्तित देखिँदैनन्। प्रदेश राजधानी समेत रहेको विराटनगरको यस्तो हालत हुनुमा विकासका सबै काम आर्थिक बर्षको अन्तिममा मात्र गरिन्छ, जसमा गुणस्तरभन्दा बजेट भुक्तानीको पीर बढी हुँदा राम्रो काम नहुने कर्णको बुझाइ छ। हेर्नुहोस फोटो

घर‍‍-घरमा जलमग्न भएको छ भने ेयता विराटनगर वडा नम्बर ५ का वडाध्यक्ष मिनकुमार आचार्यले आफ्नै घर डुबानमा भएको यि तस्विर फेसबुक मार्फ सार्वजनिक गर्नु भएको छ । हेर्नुहोस फोटो

रोडसिस तल दक्षिणी भागको अवस्था भने झन जटिल छ। बाटो र घर समेत दुबानमा छ। विराटनगर म.न.पाको मेयर  उपर आक्रोस व्यक्त गर्दै मझर आलमले र फेसबुक मार्फ सार्वजनिक गर्नु भएको छ । हेर्नुहोस फोटो


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय