Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

बर्खा लागेसँगै बिराटनगरको सिंघिया खोला उफानमा बाढी आउने उच्च जोखिम

2021-07-03 09-07 | Hamro Biratnagar                  

A+ A A-

बिराटनगर । बर्खा सुरुभएसँगै बिराटनगरको सिंघिया खोलामा पानीको बहाब बढ्दै गएपछि यतिबेला स्थानिय  टोल र वासीचिन्तित् बनेका छन् । नदी कटानको स्थायी समस्या समाधन नहुँदा यो वर्ष पनि सो ठाउँका जनता बाढीको त्रासै त्रासमा बस्न बाध्य छन् ।

प्रत्येक वर्ष मनसुन सुरु भएसँगैखोलामापानी बढेर पस्ने बाढीका कारण सो ठाउँका स्थानीय जनता आजित हुँदै आएका छन् । विराटनगर महानगरपालिका भित्रका १३ वटा वडा वर्षेनी बाढी तथा डुबानको जोखिमा रहँदै आएका छन् । सिंघिया र केशलियाले वर्षेनी त्यो क्षेत्रलाई बढी क्षति गर्दै आएको छ ।

तत्काल समस्या समाधान नगरिए सो क्षेत्रमा ठूलो क्षति हुने निश्चित देखिन्छ । त्यसर्थ सो क्षेत्रका तीनै तहका जन प्रतिनिधिले क्षति भइसकेपछि केही पोका राहत लिएर पुग्नु भन्दा तत्कालै बैकल्पिक माध्यामबाट भएपनि समस्या समाधन गर्न जरुरी रहेको स्थानीयले माग गरेका छन् ।

तस्बिर:- रेड एफएम बिराटनगर


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय