Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

सप्तकोशीमा बिलियो रातो बत्ति पानीको बहाव उच्च

2021-07-03 11-07 | Hamro Biratnagar                  

A+ A A-

पछिल्लो केही दिनयता सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको हो ।

सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्युसेक प्रतिसेकेन्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज बिहानको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ३१ हजार ६ सय ५५ क्युसेक पानी बगिरहेको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार दुई लाख ३१ हजार ६ सय ५५ क्युसेक प्रतिसेकेन्ड बहाव मापन हुँदा ब्यारेजका ३० वटा ढोका खोलिएका छन् । कोशीको पछिल्लो मापनअनुसार नदीको बहावमा निरन्तर वृद्धि भइरहेको छ ।

 


सम्बन्धित खबर