Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

मनसुनी वायु सक्रिय : सतर्कता अपनाउन आग्रह

2021-07-03 11-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं ।देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 (शनिबार) प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ  । प्रदेश २ र बागमती  प्रदेशका  एक दुइ स्थानमा  धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ  ।

रातीप्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी वर्षाको सम्भावना रहेको छ  । प्रदेश १, प्रदेश २, र गण्डकी  प्रदेशका  एक दुइ स्थानमा  धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ  ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी दिँदै भनिएको छ, ‘प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा भुक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय