Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

मोरङमा अत्यधिक वर्षा, नदी आसपासमा सतर्कता अपनाउन आग्रह

2021-07-03 12-07 | Hamro Biratnagar                  

A+ A A-

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मोरङका नदीहरुमा आज ठुलो बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आज बिहान जारी गरेको सतर्कता सूचनामा मोरङ, इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा भइरहेको जनाउँदै नदी आसपासमा आउन सक्ने बाढीबाट सतर्क रहन चेतावनी दिएको हो ।

बक्राह, रतुवा, डाँस, बुढी खोला लगायतका नदीमा बाढीको सम्भावना रहेको विभागले जनाएको छ । नदी आसपासमा बाढी आउने र होचा स्थानमा डुबान हुन सक्ने बताइएको छ ।


सम्बन्धित खबर