Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सिङ्घिया खोलाको बाढी सुकुम्बासी बस्तीमा पस्यो, उद्धार कार्य जारी

2021-07-03 12-07 | Hamro Biratnagar                  

A+ A A-

अत्यधिक वर्षाका करण विराटनगरको सिङ्घिया खोलामा आएको बाढी सरस्वती टोलमा रहेको सुकुम्बासी बस्तीमा बाढी पस्दा उक्त क्षेत्र डुवानमा परेको छ ।

बस्ती डुवानमा परेसँगै यतिबेला सरोकारवालाहरु उद्धारमा जुटेका छन् । विराटनगर ७ का वडा अध्यक्ष मधुवावु तिवारीसहित सशस्त्र प्रहरी बल, स्थानीय युवा राकेश निरौला, निकेश नेपाल लगायतको टिम यतिबेला उद्धार कार्यमा जुटेका छन् ।

उक्त स्थानका मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सरस्वती मन्दिर र गायत्री स्कुलमा राखिएको छ ।

तस्वीर र जानकारी स्रोत: निखिल नेपाल


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय