Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

झापामा पोखरीमा डुबेर ६५ वर्षीय पुरुषको मृत्यु

2021-07-03 02-07 | Hamro Biratnagar                  

प्रतीनिधीमुल्क तस्विर
A+ A A-

विराटनगर : झापामा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर ९ पोकापाडा बस्ने अन्दाजी ६५ वर्षका  धनसिंह राजवंशीको मृत्यु भएको हो । उनी शुक्रबार दिउँसोदेखि घरबाट बेपत्ता थिए ।

प्रहरीले शनिबार बिहान भद्रपुरकै एक माछा पोखरीमा डुबेको अवस्थामा राजवंशीको शव फेला पारेको जनाएको छ । शव पोष्टमार्टमका लागि भद्रपुरको मेची प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 


सम्बन्धित खबर