Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

2021-07-04 08-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

काठमाडौँको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका ६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा भने घाइते हुनु भएको र उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय