Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

2021-07-04 08-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ । यस्तै बाँकी प्रदेशमा आंशिक खि सामान्य बदली रही एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाले आइताबर दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना औंल्याएको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । राति पनि दिउँसोको जस्तै अवस्था रहने महाशाखाको भनाइ छ ।


सम्बन्धित खबर