Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

उदयपुरमा खोलाले बगाउँदा ६५ बर्षीय पुरुषको मृत्यु

2021-07-04 08-07 | Hamro Biratnagar                  

प्रतीनिधीमुल्क तस्विर
A+ A A-

उदयपुर : उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोक का ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ ।

हिजो दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट अन्दाजी २०० मिटर दक्षिणमा राईको मृत लाश फेला परेको हो ।

लाशको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागी स्वास्थ्ये चौकी बेलटार पठाईएको छ ।


सम्बन्धित खबर