Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

फोटो पत्रकार राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारवाही गर्न पिजे क्लबको माग

2021-07-04 09-07 | Hamro Biratnagar                  

A+ A A-

शनिबार काठमाडौंको मिनभवनमा भएको प्रदर्शनको फोटो खिँच्न पुगेका फोटो पत्रकार निमेषजङ राईमाथि लाठी प्रहार गर्ने प्रहरीमाथि कारवाही गर्न फोटो पत्रकार क्लब नेपालले माग गरेको छ।

पाँच दलीय विपक्षी गठबन्धनको विद्यार्थी संगठनले शनिबार काठमाडौंको मिनभवनमा गरेको प्रदर्शनमा तस्बिर संकलनका लागि गएका नेपाल लाइभ अनलाइनका फोटोपत्रकार निमेषजंग राई घाइते भएका छन् । उनको घुँडामा चोट लागेको छ ।

पत्रकार राईमाथि लाठी प्रहार भएको भन्दै क्लबले पत्रकारलाई आक्रमण गर्ने प्रहरीमाथि छानबिन गरेर कारवाही गर्न माग गरेको हो।

तस्बिर : सामाजिक सञ्जाल

 


सम्बन्धित खबर