Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

उपत्यकामा अझै एक साता निषेधाज्ञा थपिने, तीन सीडीओको बैठक बस्दै

2021-07-04 09-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिने भएको छ।

पछिल्लो पटक थप गरिएको निषेध आदेश सोमबार सकिँदै छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेध आदेशबारे निर्णय गर्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

उनले आज बेलुकी वा भोली बिहान तीनै जिल्लाका सीडीओहरूको बैठक बसेर निषेध आदेशको मोडालिटी बारे छलफल हुने जानकारी दिए।

सार्वजनिक यातायात जोर - बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।

अवस्थाको मूल्याङ्क गरेर अब कुन-कुन क्षेत्र खुला गर्ने वा अहिलेकै मोडालिटीलाई अगाडि बढाउने भन्ने विषयमा छलफल हुने पराजुलीले बताए।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय