Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

२ सय ४ किलो गाँजासहित एक जना पक्राउ

2021-07-04 10-07 | Hamro Biratnagar                  

A+ A A-

धनुषा । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले २ सय ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जना ब्यक्तिलाई २०४ किलो गाँजासहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार महासेठले घरमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका महासेठ यसअघि पनि पटक पटक लागुऔष मुद्दामा जेल परिसकेका व्यक्ति हुन् ।

पक्राउ परेका महासेठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय