Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

सुनसरीबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

2021-07-04 10-07 | Hamro Biratnagar                  

A+ A A-

सुनसरी धरान ११ नगरकोट कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ ।

हिजो दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधी CETADOL-50 ३९० क्याप्सुल र SPASPAIN ३९० क्याप्सुल फेला पारेको थियो ।

दासको सप्तरी अग्नीसर कृष्णसरवन ४ घर भई हाल धरान कोठा भाडामा बस्दै आएका थिए । पक्राउ परेका दासको थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय