Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

माधव नेपाललाई फकाउन दोस्रो तहका नेताहरू कोटेश्वरमा

2021-07-04 11-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २० असार । नेकपा एमालेका दोस्रो तहका नेताहरू माधव नेपाल निवास कोटेश्वर पुगेका छन् । उनीहरूले पार्टीमा पुनर्मिलनमा गम्भीर हुन माधव नेपाललाई आग्रह गरेको बताइएको छ ।

छलफलमा नेपाल पक्षका भीम आचार्य, गोकर्ण विष्ट, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सहभागी थिए । त्यस्तै ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल पनि नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठले समयसीमा तोकेरै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । उक्त हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नहुने ओलीले बताइसकेका छन् ।

यता माधव नेपालले भने हस्ताक्षर फिर्ता नहुने पटक-पटक बताउँदै आएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय