Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

बैतडीमा सडकबाट ५० मिटर तल जीप खस्दा दुई जनाको मृत्यु, १० जना घाइते

2021-07-04 11-07 | Hamro Biratnagar                  

A+ A A-

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रासद अधिकारीले बताए।

उनका अनुसार दुर्घटनामा थप १० जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी २ जनाको घटनास्थलमै मुत्यु भएको अधिकारीले बताए।

अहिले प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्दार गरिरहेको छ। घाइतेहरूलाई टिम अस्पताल डडेलधुरा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान भने खुल्न सकेको छैन।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय